मंगलबार, भदौ १६, २०८३

कानुनी सर्वोच्चता पालना गर्न देउवासँग माग

जबाफदेहिता निगरानी समितिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अपराधलाई राजनीतिकरण नगर्न,  कानुनी सर्वोच्चता र अदालतको आदेशको पालना गर्न माग गरेको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– जबाफदेहिता निगरानी समितिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अपराधलाई राजनीतिकरण नगर्न,  कानुनी सर्वोच्चता र अदालतको आदेशको पालना गर्न माग गरेको छ।

कांग्रेस सभापति देउवाले बुधबार बारा जिल्ला गढीमाई नगरपालिका–६ मा आयोजित एक सार्वजनिक कार्यक्रममा ‘मोहमद आफ्ताव आलमलाई छुटाउन आफू लागि परेको’ भनी दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै समितिले यस्तो माग गरेको हो।  

समितिका अध्यक्ष चरण प्रसाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘देशको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसका सभापति जस्तो जिम्मेवार पदमा आसी व्यक्तिको अभिव्यक्तिले मानवअधिकार, विधिको शासन र कानुनी सर्वोच्चतामाथि ठाडो हस्तक्षेप गर्नुका साथै अदालतको गम्भीर अवहेलना गरेको छ।’ 

जिम्मेवार व्यक्तिका त्यस्ता अभिव्यक्तिले आपराधिक कार्यलाई दुरुत्साहन गर्ने र भविष्यमा पनि अपराधलाई राजनीतिक संरक्षण प्रदान गर्न सक्नै भन्दै समितिले चिन्ता जनाएको छ। विज्ञप्तिमा उल्लेख छ, ‘त्यस्ता अभिव्यक्तिलाई सामान्य तथा स्वाभाविक रुपमा किमार्थ स्विकार्न सकिन्न।’

आलम २०६४ साल चैन २७ गतेको पहिलो संविधानसभाको निर्वाचनमा रौतहट जिल्लाको क्षेत्र नं‍ २, बाट नेपाली कांग्रेसका उम्मेदवार थिए।

तत्कालीन संविधानसभा सदस्य तथा हाल संघीय संसद्का निलम्बित सदस्य आलम निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने मनसायले बम बनाउने क्रममा विस्फोट हुँदा केही नेपाली तथा भारतीय व्यक्तिहरु घाइते भएका थिए। उनीहरूलाई जिउँदै इँटाभट्टामा जलाई हत्या गरेको अभियोगमा आलम हाल नख्खु कारागारमा थुनामा छन्। 

विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो गम्भी मुद्दामा यस्ता गैरजिम्मेवार अभिव्यक्ति र कार्यले दण्डहीनता थप संस्थागत हुने र पीडितको अधिकारमाथि अवरोध हुने हुँदा मानवअधिकारका आधारभूत मूल्य मान्यता, विधिको शासन र कानुनी सर्वोच्चताको पालना गर्न जवाफदेहिता निगरानी समिति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा सम्बद्ध पक्षहरुसँग हार्दिक आग्रह गर्दछ।’

प्रकाशित: Mar 05, 2021| 09:09 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।