काठमाडौं– नेकपा संसदीय दल औपचारिक रुपमा विभाजन भएको छ।
दाहाल–नेपाल समूहको संसदीय दलको नेता पुष्पकमल दाहाल चयन भएसँगै संसदीय दल विभाजित भएको हो।
सो समूहको शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई दोस्रो पटक संसदीय दलको नेतामा चयन गरेको सांसद डा. दीपकप्रकाश भट्टले जानकारी दिए।
अध्यक्ष दाहाल अर्का अध्यक्ष माधव नेपालको प्रस्ताव र पम्फा भुसालको समर्थनमा दलको नेतामा सर्वसम्मत चयन भएका हुन्।
संसदीय दलको आजको बैठक झलनाथ खनालको अध्यक्षतामा बसेको थियो।