मंगलबार, भदौ १६, २०८३

कांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो

मस्तिस्क घात भएर शल्यक्रिया गरिएका नेपाली कांग्रेस नेता नविन्द्रराज जोशीलाई भेन्टिलेटरबाट निकालिएको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं- मस्तिस्क घात भएर शल्यक्रिया गरिएका नेपाली कांग्रेस नेता नविन्द्रराज जोशीलाई भेन्टिलेटरबाट निकालिएको छ।

गत बिहीबार मस्तिस्क घात भई नर्भिक अस्पतलमा भर्ना भएका उनलाई आठौं दिनमा (हिजो) भेन्टिलेटरबाट निकालिएको उपचारमा संलग्न चिकित्सक डा. राजीव झाले जानकारी दिए।

उनका अनुसार नेता जोशीलाई भेन्टिलेटरबाट निकाले पनि उनको शरीरको देब्रे भाग अझै चलेको छैन।

डा. झा भन्छन्, ‘आठौं दिनमा भेन्टिलेटरबाट निकाले पनि उहाँको उनको अवस्था चिन्ताजनक नै छ, हाल उहाँले आँफै सास फेर्न थाल्नुभएको छ तर होस आएको छैन।’ उनलाई सोमबारदेखि बिस्तारै भेन्टिलेटरबाट सास फेराउन कम गरिँदै लगिएकोमा बिहीबारदेखि पूर्णरुपमा आँफैले सास फेर्न थालेको चिकित्सकले जनाएका छन्।

डा. झा भन्छन्, ‘अझै धेरै उपचार गर्न बाँकी छ, दुईतीन हप्ता नभई, अझै के हो भन्न सकिँदैन, तर बिस्तारै भए पनि सुधार भएको मान्न सकिन्छ।’

प्रकाशित: Mar 05, 2021| 10:31 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।