बुधबार, माघ ९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • २१ जनाको मानवीय क्षतिपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा

Siddartha premir insuranceSiddartha premir insurance

२१ जनाको मानवीय क्षतिपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा

सरकारले प्रतिबन्ध लगाएको दुई वर्षपछि नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आएको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

ntc landingntc landing

काठमाडौं– सरकारले प्रतिबन्ध लगाएको दुई वर्षपछि नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आएको छ।

himalayan bank box

दुई दिन वार्तामा बसेर सरकारसँग तीन बुँदे सहमति जुटेपछि उक्त समूह हिंसात्मक राजनीति त्याग्न सहमत भएको हो। आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच सहमतिपत्रमा औपचारिक हस्ताक्षर हुँदैछ। कार्यक्रममा प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन पनि गर्दैछन्।

अज्ञात स्थलमा रहेका विप्लवले आज बिहान नवलपुरको देवुचली नगरपालिकामा रहेका सहिद परिवारसँग भेट गरेका थिए। त्यसपछि उनी काठमाडौं आएका हुन्। काठमाडौं आएर उनले आफ्नो पार्टीका नेताहरु खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, भर्खर काभ्रेबाट रिहाइ भएका धर्मेन्द्र बास्तोलालगायत नेताहरूसँग भेट गरे।

तत्कालीन माओवादीका नेता विप्लव पछि मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीमा गएका थिए। वैद्यसँग पनि कुरा नमिलेपछि उनले छुट्टै बनाएर भूमिगत बनेका हुन्। 

विप्लव समूहले घोषित रुपमा सशस्त्र आन्दोलनको घोषणा गरेको थिएन। तर, हिंसात्मक गतिविधि गर्दै आएको थियो। ०७५ फागुन १० गते ललितपुरको नक्खुस्थित एनसेल टावरमा बम विष्फोट गराएपछि सरकारले उक्त समूहलाई प्रतिबन्ध लगाएको थियो। विस्फोटमा एक जनाको मृत्यु भएको थियो। त्यतिबेला पनि केपी ओली नै प्रधानमन्त्री थिए। त्यसयता पनि विप्लव समूहले हिंसात्मक गतिविधि गर्दै आएको थियो।

प्रहरीको तथ्यांकअनुसार विप्लव समूहले चार सर्वसाधारण र एक जना प्रहरीको हत्या गरेको छ। विप्लव समूहतर्फ भने १६ जनाको मृत्यु भएको छ। 

प्रहरीको तथ्यांकअनुसार ०७५ फागुनदेखि ०७७ मंसिरसम्म विप्लव समूहले कानुनविपरीतका ७१३ वटा घटना गराएको छ। बन्दको अवज्ञा गरेको भन्दै सार्वजनिक सवारीमा आगजनी गर्नेदेखि राजनीतिक दलका नेताको घरमा विस्फोट गराउने काम उक्त समूहले गरेको थियो। पूर्वसञ्चारमन्त्री तेथा नेकपा नेता गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको जिम्मा पनि उक्त समूहले लिएको थियो। 

प्रतिबन्ध लागेयता उक्त समूहले २५७ ठाउँमा आगजनी, ८६ वटा बम विस्फोट, १२५ ठाउँमा शंकास्पद वस्तु राख्ने काम गरेको थियो।  कालोमोसो दल्ने, धम्की दिने, अपहरण, जग्गा कब्जा, तालाबन्दी आदि गतिविधि पनि उक्त समूहले गर्दै आएको थियो। चन्दा असुलीमा पनि उक्त समूहले तिव्रता दिँदै आएको थियो। 

विप्लव समूहले पछिल्लो पटक गराएको हिंसात्मक घटना भनेको मोरङमा शिक्षकको अपहरण र हत्या हो। गत मंसिर २३ गते शिक्षक राजेन्द्र श्रेष्ठको हत्या उक्त समूहले गरेको थियो। 

प्रहरीको तथ्यांकअनुसार विप्लव समूहतर्फ १६ जनाको मृत्यु भएको छ। प्रहरी कारवाही, विष्फोटमा उनीहरुको मृत्यु भएको हो। पहिरोमा परेर मृत्यु भएको तथ्यांक पनि यसमा समावेश छ। ०७६ मंसिरमा पहिरोमा पुरिएर कास्कीमा ५ जनाको मृत्यु भएको थियो।
बम विस्फोटमा परेर मात्रै ७ जना कार्यकर्ताको मृत्यु भएको छ भने प्रहरी कारबाहीमा ४ जना मारिएका छन्।

सरकारले प्रतिबन्ध लगाएपछि देशभरबाट विप्लव समूहका २ हजार ९८ जना नेता–कार्यकर्ता पक्राउ परेको तथ्यांक प्रहरीसँग छ। उनीहरुलाई थरीथरीका मुद्दा लगाइएको छ।

सरकारसँगको सहमतिपछि अब प्रहरी हिरासत तथा जेलमा रहेकाहरु छुट्नेछन् र मुद्दा पनि फिर्ता हुनेछ। तर, ज्यान मुद्दा, अपहरण, बलात्कारजस्ता गम्भीर प्रकृतिका मुद्दा भने फिर्ता नहुने सहमति दुई पक्षबीच भएको बताइएको छ। 

प्रकाशित: Mar 05, 2021| 08:06 शुक्रबार, फागुन २१, २०७७
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।