बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ब्राजिलका राष्ट्रपति लुला बने बीवाईडी विशेष गाडीको मालिक,बीवाईडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन

ब्राजिलका राष्ट्रपति लुला बने बीवाईडी विशेष गाडीको मालिक,बीवाईडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन

 |  शनिबार, कात्तिक १, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०८२

एजेन्सी-चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो एक करोड ४० लाख गाडी उत्पादनको महत्वपूर्ण कोशेढुङ्गा पार गरेको छ।यस अवसरमा ब्राजिलको बाहिया राज्यस्थित कामाकारी उत्पादन केन्द्रमा आयोजित एक विशेष समारोहमा, कम्पनीले 'सङ प्रो' नामक प्लगइन हाइब्रिड कार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई हस्तान्तरण गर्यो।

National life

बीवाईडीका अनुसार यो उपलब्धि कम्पनीको अन्तर्राष्ट्रिय विस्तारको क्रममा एक महत्वपूर्ण चरण हो।कामाकारीमा रहेको कारखाना एसियाभन्दा बाहिर बीवाईडीको सबैभन्दा ठूलो र ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादन केन्द्र हो। यस परियोजनामा ५.५ अर्ब ब्राजिलियन रियाल ९करिब ९७८ मिलियन अमेरिकी डलर लगानी गरिएको छ।समारोहमा ब्राजिलका उपराष्ट्रपति जेराल्डो आल्कमिन, ब्राजिलस्थित चिनियाँ राजदूत झु छिङछियाओ, विभिन्न राज्य तथा स्थानीय अधिकारीहरू, साथै बीवाईडीका अध्यक्ष तथा सीईओ वाङ छुआनफु उपस्थित थिए।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लुलाले चीन र ब्राजिलबीचको गहिरो व्यापारिक साझेदारीको प्रशंसा गरे।उनले भने, 'चीन पछिल्ला १५ वर्षदेखि ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ, र हामी एक-अर्कालाई ग्लोबल साउथका महत्त्वपूर्ण मुलुकका रूपमा हेरिरहेका छौँ।'बीवाईडीका अध्यक्ष वाङ छुआनफुले ब्राजिलमा कम्पनीको ११ वर्षे यात्रा र बजारमा स्थापित बलियो उपस्थितिबारे चर्चा गरे।उनले भने, 'ब्राजिलमा हाम्रा एक लाख ७० हजारभन्दा बढी ग्राहक छन् र दुई वर्षदेखि हामी यहाँको विद्युतीय सवारी बजारमा अग्रणी बिक्रेता रहेका छौँ।'

बीवाईडीले यो उपलब्धिलाई आफ्नो विश्वव्यापीकरण अभियानको नयाँ अध्यायको संज्ञा दिएको छ। कम्पनीले स्थानीय उत्पादन संयन्त्रसँगै अन्तर्राष्ट्रिय विस्तारलाई थप सुदृढ गर्ने तथा दिगोपनतर्फ सवारी उद्योगको रूपान्तरणलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।हाल बीवाईडीका ब्राजिल, थाइल्याण्ड, हंगेरी, उज्बेकिस्तान, मलेसिया र कम्बोडिया गरी छ वटा विदेशी कारखाना सञ्चालनमा छन्। कम्पनीले हालसम्म ब्राजिलमा १ लाख ७० हजारभन्दा बढी ग्राहक बनाइसकेको छ।

यसै वर्षको सेप्टेम्बरमा मात्र १० हजारभन्दा बढी सवारी बिक्री भएको थियो भने सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म कुल बिक्री ७७ हजार नाघेको छ।

Shivam cement

प्रकाशित: Oct 18, 2025| 12:10 शनिबार, कात्तिक १, २०८२
प्रतिक्रिया दिनुहोस्