काठमाडौं- नेपाली बाजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सयले बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार सुन तोलाको दुई लाख ८३ हजार २ सयमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ३९३० मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। यसअघि बुधबार चाँदी तोलाको ३९८० मा कारोबार भएको थियो।