शुक्रबार, मंसिर १९, २०८२

डिशहोमका ग्राहकलाई 'डल्ले'मा विशेष छुट सुविधा

 |  शनिबार, कात्तिक १, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०८२

 

National life

काठमाडौं-डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा सक्रिय कम्पनी डिशहोमले नेपालको चर्चित र लोकप्रिय रेस्टुरेन्ट ब्रान्ड 'डल्ले' सँग नयाँ साझेदारीको घोषणा गरेको छ। यस सहकार्यअन्तर्गत डिशहोमले हालै सुरु गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउने भएका छन्।

कम्पनीका अनुसार, यस साझेदारीमार्फत डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका सबै आउटलेटमा १० प्रतिशत छुट पाउनेछन् । उक्त छुट प्राप्त गर्नका लागि ग्राहकहरूले आफ्नो माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्नका लागि ग्राहकहरूले गुगल प्ले स्टोरबाट माइ डिशहोम एप डाउनलोड गरी, आफ्नो दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्नेछ । त्यसपछि होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गरी, डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्न सकिनेछ।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका प्रबन्ध निर्देशक आलोक योन्जोन र डिशहोमका डेपुटी प्रडक्ट अफिसर आदित्य भट्टराईबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।

Laxmi sunrise bank
kumari

डिशहोमले भने यो सहकार्यलाई इन्टरनेट र टेलिभिजन सेवा मात्र नभई जीवनशैली सेवातर्फको यात्राको अर्को कदमका रूपमा लिएको बताएको छ। कम्पनीका अनुसार, यस पहलले ग्राहकहरूलाई अतिरिक्त मूल्य, सुविधा र बचतको अनुभव दिलाउनेछ। डिशहोमले भविष्यमा पनि यस्ता सहकार्यहरू निरन्तर गर्दै आफ्ना ग्राहकहरूलाई थप लाभान्वित गर्ने योजना बनाएको छ।

प्रकाशित: Oct 18, 2025| 12:15 शनिबार, कात्तिक १, २०८२
प्रतिक्रिया दिनुहोस्