काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीचको तीन बुँदे सहमतिका बारेमा कांग्रेसले प्रश्न उठाएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले राज्यलाई हतियार बुझाउने बुँदा उल्लेख नभएको भन्दै यसको उत्तर प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुपर्ने बताएका हुन्।
नेकपा र सरकारबीच बिहीबार सहमति भएको थियो। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सरकार र चन्द नेतृत्वको नेकपाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
‘प्रचण्ड शान्ति प्रक्रियामा आउँदा केही हतियार खोलाले बगायो। विप्लव आउँदा पूरै। राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ?,’ शर्माले भनेका छन्, ‘सिंगो देश यो गम्भीर प्रश्नको जवाफ चाहन्छ।’