मंगलबार, भदौ १६, २०८३

तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध छाैं : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग भएकाे तीन बुँदे सहमति पालना गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। 
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग भएकाे तीन बुँदे सहमति पालना गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। 

सरकारसँग सहमतिपछि शुक्रबार राजधानीको राष्ट्रिय सभामा आयोजित समारोहमा सम्बोधन गर्दै उनले भने, ‘हामी यसलाई पालना गर्छौं। यसमा कसैले कुतर्क गर्न आवश्यक छैन।’

उनले कम्युनिस्टहरु विद्रोहका योद्धा मात्र होइनन् शान्तिका दूत पनि रहेको बताए। उनले अन्य कम्युनिस्ट पार्टीसँग हातेमालो गरेर अघि बढ्न पनि तयार रहेको बताए।

 विप्लवले देशका प्रमुख मुद्दाहरुबारे जनतालाई फैसला गर्न दिनुपर्ने बताए। उनले भने, ‘नेपाली जनतालाई निर्णय गर्न दिनुपर्छ। जनता के चाहन्छन् भन्ने कुरो जनताले फैसला गर्न पाउनुपर्छ।’

उनले भने, ‘यो सहमति सरकार, नेकपा र केही नेताहरुबीच मात्रै होइन, यसलाई स्वाधीन देश, दीर्घकालीन स्थिरता, समृद्धिको आकांक्षा पूरा गर्ने सपना हो।’

मृत्युको नजिक पुगेर नफर्किएका कम्युनिस्ट नेता कोही नरहेको  विप्लवको भनाइ छ।

उनले सहिद परिवारलाई जे सपना देखाएर कम्युनिस्ट आन्दोलनमा लागेकाे हाे त्यसलाई आफूले पूरा गर्ने अठोट गरे।

विप्लवले बेपत्ता, घाइते र अपांग योद्धाहरुका चाहना पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले आफ्ना १५० भन्दा बढी कार्यकर्ता जेलमा रहेको बताए।

उनले भने, ‘अब सबै कमरेडहरु छुट्नेछन् र हामी मुक्त आकाशमा विचरण गर्नेछौं।’

विप्लवले सहमति जुटाउन सक्रिय वार्ता टोलीका सदस्यहरूलाई बधाई दिए। उनले वार्ताका लागि विभिन्न ठाउँबाट भूमिका निर्वाह गर्ने सुरक्षा निकाय, कानुनविद्, पत्रकार लगायतलाई पनि धन्यवाद दिएका छन्। 

प्रकाशित: Mar 05, 2021| 09:48 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।