काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशले शान्ति खोजेको बताएका छन्।
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच भएको सहमतिपत्र हस्ताक्षर कार्यक्रममा उनले जनतालाई राष्ट्रियता, स्वाधिनताको रक्षा र राष्ट्रिय अखण्डताको रक्षा चाहिएको बताए।
‘जनताले चाहेको शान्तिपूर्ण समाज हो, सुशासन हो, भ्रष्टाचारको अन्त्य हो। विकासका कुरा योजनावद्ध ढंगले अघि बढुन् भन्ने जनताले चाहेका छन्। हामीले चाहेको समृद्ध नेपाल सुखी नेपाली हो। यो बनाउन शान्तिपूर्ण वातावरण चाहिन्छ। लोकतान्त्रिक प्रणाली चाहिन्छ,’ उनले भने।
यिनै चिज प्राप्त गर्ने सन्दर्भमा आज एउटा ऐतिहासिक काम भएको उनले बताए।
‘अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। नेपालमा हिंसात्मक द्वन्द छैन अब। नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ,’ उनले भने। विप्लव समूहको फोर्स ल्यान्डिङ होइन नभएर सेफ ल्यान्डिङ भएको उनले बताए।