मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सबइन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार घुससहित पक्राउ

सबइन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार घुससहित पक्राउ

पर्यटन विकास आयोजना बागमती प्रदेश हेटौंडा, मकवानपुरका सबइन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। 
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

काठमाडौं– पर्यटन विकास आयोजना बागमती प्रदेश हेटौंडा, मकवानपुरका सबइन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। 

निर्माण कार्य सम्पन्नपछि धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि  सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो। 

कार्यालय परिसरबाट उक्त रकमसहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जनाएका छन्।

प्रकाशित: Mar 05, 2021| 09:19 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।