नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहिगर्मन गराउने खाका बनाउन प्रस्ताव गरेका छन्।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले अधिवेशनबाट निर्वाचित भएका जिल्ला अध्यक्षलाई हटाएर अरुलाई जिम्मा दिने काम गरेको बताएका छन्।
भारतका धेरैजसो राज्यमा कोरोनाको नयाँ रूप डबल म्युटेन्ट भेरियन्टको संक्रमण बढ्दै गएको देखिएको छ। यो भेरियन्टका संक्रमित बढेसँगै कोरोना संक्रमणको दोस्रो लहर आएको बताउन थालिएको छ।
काठमाडौंको माइतीघर। हजारौं सवारी साधन, लाखौं यात्रु अहोरात्र कुदिरहेकाहुन्छन्। सबैको आन्दोलन गर्ने थलो पनि त्यही हो। प्राय सधै जसो कुनै न कुनै आन्दोलनले तातिरहेको हुन्छ माइतीघर।