आइतबार, भदौ १४, २०८३

जुम्लाको मुल्लीवस्तीमा आगलागी, ३५ घर जले

जुम्लाको तिला गाउँपालिका-९, मुल्ली वस्तीमा आगलागी भएको छ।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

सुर्खेत- जुम्लाको तिला गाउँपालिका-९, मुल्ली वस्तीमा आगलागी भएको छ।

आगलागीबाट अहिलेसम्म ३५ घर जलेका छन्।

शनिबार रातिदेखि सुरु भएको आगो अझै नियन्त्रणमा आएको छैन।

खरका छाएका घरहरू र गाउँमा पानीको अभाव भएका कारण आगो नियन्त्रणमा लिन समस्या भएको छ।

आगलागीको कारण खुलेकाे छैन। 

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार आगो नियन्त्रणका लागि प्रहरी घटनास्थल पुगेको छ।

जिल्ला सदरमुकाम खलंगाबाट घटनास्थल झण्डै ६ घण्टाको दूरीमा पर्दछ।

थापाका अनुसार मुल्लीवस्तीमा करिब ७५ घरधुरी छन्।

घटनामा मानवीय क्षति भएको छैन।

मुल्लीवस्तीका स्थानीयवासी ६ महिना (बर्खायाम) मा मात्रै बस्ने भएका कारण मानवीय क्षति हुनबाट जोगिएको हो।

बाँकी ६ महिना तिला गाउँपालिका-९ ढिपु गाउँमा बस्ने गर्दछन्। हिजोआज उनीहरू ढिपुगाउँमै छन्।

क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

प्रकाशित: Apr 04, 2021| 02:47 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।