सोमबार, वैशाख ८, २०८२

‘अबको महामारीमा स्वास्थ्यकर्मी चाहिँदैन ?’

काठमाडौंको माइतीघर। हजारौं सवारी साधन, लाखौं यात्रु अहोरात्र कुदिरहेकाहुन्छन्। सबैको आन्दोलन गर्ने थलो पनि त्यही हो। प्राय सधै जसो कुनै न कुनै आन्दोलनले तातिरहेको हुन्छ माइतीघर।
 |  आइतबार, चैत २२, २०७७
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, चैत २२, २०७७

vianetvianet

काठमाडौं - काठमाडौंको माइतीघर। हजारौं सवारी साधन, लाखौं यात्रु अहोरात्र कुदिरहेकाहुन्छन्। सबैको आन्दोलन गर्ने थलो पनि त्यही हो। प्राय सधै जसो कुनै न कुनै आन्दोलनले तातिरहेको हुन्छ माइतीघर।

triton college

त्यो राज्यलाई आफ्ना माग र पीडा सुनाउने साँझा थलो हो। त्यही माइतीघरको एक कुनामा विगत १० दिनदेखि एक्लो आन्दोलनमा छन् डा. अजित मल्लिक।

उनको माग ठूलो छैन। सरकार परिवर्तनको नारासहित उनी माइतीघर पुग्ने गरेका होइनन्। उनको माग सामान्य छ। कोरोना कहरमा आफूले ज्यानको बाँजी लगाएर गरेको सेवा वापतको जोखिम भत्ता पाउनु पर्ने। त्यो पनि सरकारले तोकेको।

माइतीघर छेवैको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पनि उनको आन्दोलन बारे थाहा नभएको होइन। तर, सरोकारवाला निकायले मौनता साधिरहेका छन्।

निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को ड्युटी सकेर उनी हरेक दिन हतार हतार माइतिघरको सडकमा आउँछन् र एउटा प्लेकार्ड बाकेर उभिन्छन्। उनले बोकेको प्लेकार्डमा लेखिएको छ, ‘मेरो कोभिड १९ को भत्ता हराएको सूचना कृपया पाउन महानुभावले ९८४१६८००१९ मा सम्पर्क गरिदिनुहोला। धन्यवाद!’ 

National life insurance

कोरोना महामारीको समयमा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकलाई सरकाले जोखिम भत्ता उपलब्ध गराउने भने पनि आफूले नपाएको भन्दै डा. मल्लिक आन्दोलित छन्। उनले कोरोना महामारी सुरु भएसँगै कोरोना संक्रमित बिरामीलाई स्याहारेका छन्। उनीहरूको उपचारमा दिनरात खटिएका छन्। तर, अहिलेसम्म भत्ता नपाएको उनको गुनासो छ। 

सडक बोल्दो हो त भन्दो हो, मल्लिक म पनि तिमिसँगै आन्दोलनमा छु। तर, मौन सडक उनको आन्दोलनको साक्षी मात्रै बनेको छ। 

डा. मल्लिकले उठाएका माग सम्पूर्ण स्वास्थ्यकर्मीको हितमा छन्। हजारौं स्वास्थ्यकर्मीले कोरोन महामारीमा काम गरेवापत जोखिम भत्ता पाएका छैनन्। 

तर, यतिबेला डा. मल्लिक एक्लो आन्दोलनमा छन्। अन्य स्वास्थ्यकर्मीले साथ नदिएकोमा उनलाई त्यतिधेरै गुनासो पनि छैन। उनी भन्छन्, 'मलाई थाहा छ जोखिम भत्ता नपाउने म एक्लो होइन्। तर, अन्य स्वास्थ्यकर्मी किन मौन छन्, त्यो भने जान्न सकेको छैन। अरुले  जोखिम भत्ता पाएका छैनन् भने पनि उनीहरूलाई आवाज उठाउन किन मन लागेन मलाई थाहा छैन।'

महामारी सुरु भएदेखिनै कोभिडका बिरामीको उपचार गरेको उनी सुनाउँछन्। गत वर्ष चैत ११ देखि लकडाउन सुरु भयो त्यो समयमा नै केरोना संक्रमितको उपचारका लागि आफूलाई तयारी अवस्थामा राखिएको उनी बताउँछन्।

कोरोना महामारी सुरु हुँदा उनी त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए। त्रिवि अस्पतालमा करारको रुपमा काम गरेका उनको असारमा कार्यकाल सकियो र उनी भदौदेखि सिभिल अस्पतालमा जोडिन पुगे। शिक्षण अस्पतालमा पनि उनले काम गरेवापत आफूले कुनै जोखिम भत्ता नपाएको गुनासो गरे। 

सिभिल अस्पतालमा कोभिड वार्डमा काम गर्दा गर्दै उनलाई कोरोना संक्रमण भयो। संक्रमण हुँदा आफैले औषधि किनेर होम आइसोलेसनमा बसेको उनी सुनाउँछन्।

उनले जोखिम मोलेर संक्रमितको उपचारमा खटिएकाले आफूले पाउनु  पर्ने भत्ता लिएर मात्रै सडकबाट फिर्ता हुने चेतावनी दिए।

'कोरोनाको पहिलो ज्यान धरापमा राखेर काम गरियो। खस्किँदो मानसिकताले दोस्रो लहरमा कसरी काम गर्ने होला', उनी गुनासो गर्छन्, 'सरकारले किन हामी स्वास्थ्यकर्मीको मनोबल बढाउने काम नगरेको होला?'

अस्पतालका निर्देशकदेखि सबैलाई आफू कोरोना बिरामीको उपचारमा खटिएको कुरा थाहा भएको उनी बताउँछन्।

'मलाई ठूला भाषण गर्न आउँदैन। सरकारले स्वास्थ्यकर्मीको मनोवल गिराउने काम गरेको छ। मैले काम गरेको प्रमाण मसँग छ। मलाई भत्ता चाहिन्छ। के सरकारलाई अबको महामारीमा स्वास्थ्यकर्मी नचाहिने हो र?', उनी प्रश्न गर्छन्। 

डा. मल्लिक आन्दोलनको लागि यहाँ अस्पतालको काम नै प्रभावित नै हुनेगरी आएका होइनन्। आफ्नो ड्युटि सकाएर आउँछन्। उनी भन्छन्, ‘अस्पतलामा इमर्जेन्सी परेर फोन आएमा म यहाँबाटै जान्छु।’ 

दिनभरी थाकेको शरिर लिएर उनी दैनिक माइतिघरमा २ घण्टा उभिन्छन्। महिनाभर कमाएको पैसाले सरकारलाई कर तिरेको छु, मैले मेरो अधिकार पुरा गरेको छु भने सरकारले किन हाम्रो अधिकार खोसेको छ ? उनको प्रश्न छ। 

डा. मल्लिकलाई सडकमा एक्लै प्लेकार्ड बोकेर उभिएको देख्दा केहि मानिस हाँस्छन्। केही मानिस ठिक छ है भन्दै हिड्छन्। तर, केहि व्यक्ति भने उनीसँगै प्ले कार्ड बोकेर साथ दिन्छन्।

सिभिलमै उपचाररत एक बिरामीका आफन्त विस्नु राज भट्ट डा. मल्लिकसँगै आन्दोलनमा प्लेकार्ड बोकेर उभिएका थिए। उनले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘हेल्ला सरकार! डा. अजितको पुकार सुन!’।

उनी पनि डा. मल्लिकले जोखिम भत्ता पाउनपर्ने पक्षमा छन्। 'अस्पतालमा डा. मल्लिकले बिरामीलाई गर्ने नम्रता र उहाँको कुरा सुन्दा साँच्चै डा. मल्लिकलाई अन्याय भएकै हो', भट्ट भन्छन्।

अस्पतालका निर्देशक डा. विधाननिधी पौडेल स्वास्थ्यमन्त्रालयले सिभिल अस्पतालको लागि जम्मा ८ लाख जोखिम भत्ता पठाएको बताउँछन्। 'त्यो भत्ता वितरण भइसकेको छैन। कसलाई दिने भन्ने विषयमा छलफल भइरहेको छ', उनी भन्छन्।

जोखिम भत्ता नपाउने स्वास्थ्यकर्मीको सामुहिक समस्या भएको डा. पौडेल बताउँछन्। सरकारले छुट्याएको पैसाले सामान पनि किन्नु पर्ने भएकाले ८ लाख रुपैयाँ कतिलाई पुगाउने भन्ने समस्याको विषय भएको उनले बताए।

'सरकारले बिरामीको उपचार संख्याको आधारमा जोखिम भत्ता दिने हो। बिरामीको उपचार र औषधि त फ्रि छ। तर, अस्पतलाले अन्य धेरै कुराको व्यवस्थापन गर्नुपर्ने छ। सिभिल अस्पताल आँफैले कमाएर तलब खुवाउने अस्पताल हो त्यसैले हामीलाई  तलब खुवाउन पनि समस्या परेको छ', उनी भन्छन्।

यो विषयमा बुझ्दा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम भने मन्त्रालयले पठाउनु पर्ने सबै जोखिम भन्दा पठाइसकिएको दावी गर्छन्। कुन स्वास्थ्यकर्मी खटिएको छ र कति दिने भन्ने अस्पतालको कुरा भएको उनले बताए।

कोरोना भाइरस (कोभिड -१९) को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश-२०७७ मा कोरोनाविरुद्ध खटिनेलाई जोखिम भत्ता उपलब्ध गराइने भन्ने उल्ले छ। 

गत ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५०, ७५ र १०० प्रतिशतको दरले जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। तर, जोखिम भत्ता अहिलेसम्म पनि नपाएको भन्दै बेला-बेला चिकित्सकहरू आन्दोलित बन्ने गरेका छन्।

प्रकाशित: Apr 04, 2021| 02:57 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।