काठमाडौं– नेकपा (एमाले)को माधव–झलनाथ समूहले पार्टीमा समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ।
देशव्यापी रुपमा समानान्तर संरचना बनाइरहेको उक्त समूहले आज आइतबार काठमाडौं जिल्ला कमिटी घोषणा गर्दैछ।
माधव–झलनाथ समूहले यसका लागि जिल्ला कमिटीको भेला आयोजना गरेको छ। भेलालाई पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।
उक्त समूहले प्रदेश सांसद वसन्त मानन्धरको अध्यक्षतामा काठमाडौं जिल्ला कमिटी गठन गर्न लागेको बताइएको छ।