आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विकल्पबिना नछोडौं भनेर समर्थन फिर्ता नलिएका हौं : वर्षमान पुन

विकल्पबिना नछोडौं भनेर समर्थन फिर्ता नलिएका हौं : वर्षमान पुन

माओवादी केन्द्रका नेता वर्षमान पुनले बिना विकल्प सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका छन्। 
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं – माओवादी केन्द्रका नेता वर्षमान पुनले बिना विकल्प सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका छन्। 

नेपालसमयसँग कुरा गर्दै नेता पुनले सरकार गठनका लागि विकल्प तयार भएपछि मात्रै समर्थन फिर्ता लिइने बताएका हुन्। 

‘हामीले संसद् मात्रै होइन, संविधान पनि बचाउनुपर्छ,’ उनले भने। विकल्प बिना समर्थन फिर्ता लिए र प्रधानमन्त्रीले आफू अल्पमतमा परे उपधारा ३ प्रयाेग गर्ने संकेत देखिएकाे उनको भनाइ छ।

‘राजीनामापछि ठूलो दलको हिसाबले विश्वासकाे मत गर्न नसके फेरि चुनावमै जाने निर्णय हुन सक्ने भएकाले बिना विकल्प बाटोमै नछोडौं भनेर समर्थन फिर्तामा ढिलाइ भएको हो,’ उनले भने।

यस्तै उनले आजको स्थायी कमिटी बैठक विभिन्न नेताहरू काठमाडौं बाहिर रहेकाले ३–४ दिनका लागि स्थगित भएको बताए।

कांग्रेसले गरेको निर्णय सकारात्मक भएको भन्दै जसपासँग पनि सरकार गठनका विषयमा छलफल भएको पुनको भनाइ छ। 

प्रकाशित: Apr 04, 2021| 06:29 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।