काठमाडौं- आजका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ।
बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक स्थगित भएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए।
उनका अनुसार स्थायी कमिटीका केही सदस्यहरू उपत्यका बाहिर भएकाले आजका लागि बोलाइएको बैठक स्थगित भएको हो।
शाहले आज स्थगित भएको बैठक छलफल पछि छिट्टै बस्ने बताए।
स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको थियो। हिजो कपिलवस्तु पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि यही संकेत गरेका थिए।
नयाँ सरकार गठन प्रक्रियाका बारेमा छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको थियो।