काठमाडौं - देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन्। अत्याधिक वातावरण प्रदूषण बढेपछि बन्द भएका शैक्षिक संस्था आजबाट नियमित रुपमा खुल्ने भएका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदूषण घटेर वातावरणमा सुधार आएका शैक्षिक संस्था पुरानै अवस्थामा सञ्चालन गर्न आग्रह गरेको छ।
मन्त्रालयले प्रदूषण घट्दो क्रममा रहेकाले शैक्षिक संस्था निर्वाध रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।
यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीमा पर्ने भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो।