आइतबार, भदौ १४, २०८३

एसेन्सियोको गोलमा रियलको जित

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले जित निकालेको छ।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले जित निकालेको छ।

रियलको मैदान अल्फ्रेदो डी स्टेफानो रंगशालामा भएको खेलमा उसले पाहुना टिम आइबरलाई २–० गोलले हराएको हो।

रियलको जितका लागि मार्को एसेन्सियो र करिम बेञ्जेमाले समान १–१ गोल गरे। 

खेलको ४१ औं मिनेटमा कासिमेरोले दिएको पासको सदुपयोग गर्दै एसेन्सियोले गोल गरेका थिए।

त्यस्तै ७३ औं मिनेटमा भिनिसियस जुनियरले दिएको पासको सदुपयोग गर्दै बेञ्जेमाले अग्रतालाई दोब्बर बनाए।

यससँगै रियलले खेल जित्यो। यो जितसँगै उसले शीर्षस्थानको एथ्लेटिकोसँग अंक दूरी घटाएको छ। 

रियलको ६३ अंक छ भने एथ्लेटिको रियलभन्दा दुई अंकले अघि छ।

तेस्रो स्थानको बार्सिलोनाको ६२ अंक छ। गएराति पराजित आइबर भने रेलिगेसन जोनमा छ।

प्रकाशित: Apr 04, 2021| 01:31 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।