आइतबार, भदौ १४, २०८३

बारपाकमा भीरबाट जिप खस्यो, दुईजनाको मृत्यु 

गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भीरमा जिप दुर्घटनामा हुँदा दुईजनाको मृत्यु भएको छ। 
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

गोरखा – गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भीरमा जिप दुर्घटनामा हुँदा दुईजनाको मृत्यु भएको छ। 

बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नम्बरको जिप शनिबार साँझ करिब ७ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। 

दुर्घटनामा परी लमजुङ दूधपोखरी गाउँपालिका–२, बिचौरका ४८ वर्षीय ठाकुर दुवाडी र ५० वर्षीय रामेश्वर न्यौपानेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक दाहालले बताए। 

दुर्घटनामा अन्य सातजना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए। 

गम्भीर घाइते हुनेमा दूधपोखरी–२, लमजुङका  ३१ वर्षीय विष्णु न्यौपाने र २८ वर्षीय अनिल मरहठ्ठा छन्। उनीहरू दुवैजनालाई थप उपचारका लागि राति नै चितवन पठाइएको उनले बताए। 

दुर्घटनामा परी लमजुङ बेँशीशहर नगरपालिका–१० का २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिका–२ का  १८ वर्षीय अमृत दुवाडी, ३० वर्षीय विष्णु दुवाडी, २९ वर्षीय विष्णु दुवाडी र तनहुँको व्यास नगरपालिका–१ घर भएका सुशील नराल भएको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए। 

घाइते नराल दूधपोखरी गाउँपालिका शिक्षा शाखा प्रमुख रहेको जानकारी प्राप्त भएको उनले बताए। 

जिप सडकबाट झण्डै २०० मिटर तल खसेको प्रहरीको भनाइ छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा बालुवा प्रहरी चौकीबाट समेत प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिएको थियो। 

जिप रिर्जभ गरेर बारपाक घुम्न आएका उनीहरू फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: Apr 04, 2021| 02:31 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।