आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपालको आरोप– केपी ओली दलाल पुँजीवादको पक्षमा छन्

माधव नेपालको आरोप– केपी ओली दलाल पुँजीवादको पक्षमा छन्

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले अधिवेशनबाट निर्वाचित भएका जिल्ला अध्यक्षलाई हटाएर अरुलाई जिम्मा दिने काम गरेको बताएका छन्।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले अधिवेशनबाट निर्वाचित भएका जिल्ला अध्यक्षलाई हटाएर अरुलाई जिम्मा दिने काम गरेको बताएका छन्।

आफ्नो समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘देशव्यापी त्यस्तै अभियान चलाएका छन्। उनको पार्टी होइन, गुट हो। हाम्रो आन्दोलन केपी ओलिको प्रवृत्ति र विचारका विरुद्धको लडाइँ हो। उनले समाजवादको शब्द उच्चारण गरे पनि व्यवहारमा छैन। दलाल पुँजीवादको नेतृत्व गरिरहेका छन्। भ्रष्टाचारी र कमिसनखोरहरुको नेतृत्वलाई लिएर अगाडि बढेका छन् ओली।’

राज्यलाई कर नतिरेर हानि पुर्याउनेलाई प्रधानमन्त्रीले साथ दिएको आरोप नेपालले लगाए। ‘ओली दलाल पुँजीवादको पक्षमा छन्। त्यसैले हामीले अहिले कुनै पदका लागि होइन लडाइँ लडेको। ओलीको दलाल पुँजीवादी चिन्तन र उनको प्रवृत्ति रोक्नका लागि हो,’ नेपालले थपे।

एमालेको माधव–झलनाथ समूहले पार्टीमा समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ।

देशव्यापी रुपमा समानान्तर संरचना बनाइरहेको उक्त समूहले आज आइतबार काठमाडौं जिल्ला कमिटी घोषणा गर्दैछ। 

माधव–झलनाथ समूहले यसका लागि जिल्ला कमिटीको भेला आयोजना गरेको हो। उक्त समूहले प्रदेश सांसद वसन्त मानन्धरको अध्यक्षतामा काठमाडौं जिल्ला कमिटी गठन गर्न लागेको बताइएको छ।

भेलामा नेपालले सुरुदेखि नै काठमाडौंमा केपी ओलीले गुटबन्दी गर्दै आएको बताए। ‘मूल ठाउँमा उनले जालझेल गर्दै जित्दै आए। जता पनि उनले हैरानी गर्दै आए। काठमाडौंमा पनि उनले जालझेल गरेका हुन्। उबेला ओलीले ठाउँ नदिएका केहीलाई मैले नै संरक्षण गरेको हुँ। अहिले ती मानिसहरु ओलीतिर नै छैन्। नेतृत्व लिएको मानिसले काखापाखा गर्ने होइन, अभिभावकको जिम्मेवारी लिन सक्नुपर्छ। कार्यकर्ताको मनको भावना र कामको मूल्याकंन गर्न सक्नुपर्छ। तर यहाँ त गुटबन्दी गरेर सक्ने काम भएको छ,’ नेपालले भने।

प्रकाशित: Apr 04, 2021| 08:58 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।