नेकपा एमाले संसदीय दलका सचेतक विशाल भट्टराईसहित, शान्ता चौधरी, पूर्व गृहमन्त्री खगराज अधिकारी, कृष्णभक्त पोखरेल, महेश बस्नेतलगायत नेताहरू सभामुख कक्षमा पसेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका तर अन्तिम समयमा माधव नेपालले पार्टी विभाजन गर्दा साथ नदिएका नौ नेताले ओलीलाई १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिएर १० बुँदे सहमति कार्यान्वयन...
बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८का आधारमा राजनीतिक दलसम्बन्धी नियमावली संशोधन भएको छ। संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशनसमेत भएको छ।
महाधिवेशनमा पराजित भए पाँच वर्ष पार्टी राजनीतिबाट बाहिरै बस्नुपर्ने विधानको व्यवस्थाले पार्टी कमजोर हुने अवस्था आउने भन्दै उक्त व्यवस्था सच्चाइनुपर्ने माग कांग्रेसमा उठेको हो।
‘महाधिवेशनमा निर्वाचनमार्फत अध्यक्ष भइसकेको अवस्थामा निकटतम प्रतिद्वन्द्वीसँग शक्ति सन्तुलन मिलाएर लैजानुर्थ्यो’, एक नेताले भने, ‘यसरी एकलौटी गर्दा अर्को पक्ष भट्किनु स्वाभाविकै हो।’
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन गरी माधव कुमार नेपाल पक्षले नयाँ पार्टी गठन गरेपनि एमालेलाई कुनै फरक नपर्ने दाबी गरेका छन्।
'दल दर्ताका बेला नेता नेपालसँग उभिन नसके पनि उनी पक्षका अधिकांश नेताहरू अलमलमा छन्। नेता रावल, भुसाल, विष्ट र बोहोरा सहजै केपी ओली नेतृत्वको एमालेमा रहेर सक्रिय हुने अवस्था पनि...
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रस्तावित नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन्।
राप्रपा अध्यक्ष कमल थापाले सरकारका अध्यादेशले राजनीतिक अस्थिरता हुने निश्चित रहेको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यस्तो धारणा व्यक्त गरेका हुन्।