शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • डा शेखरको प्रश्न- पदाधिकारीलाई महाधिवेशनको मिति सार्ने अधिकार कसले दियो?

डा शेखरको प्रश्न- पदाधिकारीलाई महाधिवेशनको मिति सार्ने अधिकार कसले दियो?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशनको मिति सार्ने पदाधिकारीलाई कसले दियो भन्दै प्रश्न उठाएका छन्। फेसबुकमा स्टाटस लेख्दै डा कोइरालाले महाधिवेशन सार्ने निर्णयप्रति असन्तुष्टि दिएका हुन्।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशनको मिति सार्ने पदाधिकारीलाई कसले दियो भन्दै प्रश्न उठाएका छन्। फेसबुकमा स्टाटस लेख्दै डा कोइरालाले महाधिवेशन सार्ने निर्णयप्रति असन्तुष्टि दिएका हुन्। 

उनले वडा अधिवेशन सकिएका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि जिल्ला अधिवेशन गर्नुको कारणसमेत माग गरेका छन्।

कांग्रेसले बिहीबार हिमाली जिल्लामा दशैं अघि र बाँकी जिल्लामा दशैंपछि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो।

‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नाको कारण के हो,' उनको प्रश्न छ, 'सँगैको जिल्लामा गर्ने छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ? अर्कोतर्फ पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आएको छ। महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरुलाई कसले दियो? 

पदाधिकारी र पूर्व पदाधिकारीहरुले नै महाधिवेशन नचाहेको त होइन भन्दै उनले प्रश्नसमेत उठाएका छन्। क्रियाशील सदस्यता विवाद भनिएका १३ जिल्लाको समस्या किन समाधान नभएको र अधिवेशन प्रक्रिया शुरु हुन नसकेको भन्दै कोइरालाले  क्रियाशील सदस्यतामा अझै कति धाँधली गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। 

प्रकाशित: Sep 24, 2021| 16:41 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...