काठमाडौं- नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री उम्मेदवारी घोषणापछि सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री समेत रहेका देउवासँग शर्माले छलफल गरेका हुन्।
भदौ २४ गते बीपी जयन्तीको अवसर पारेर शर्माले १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। शर्माको उम्मेदवारी घोषणा गरेपछि संस्थापन समूह छोडेको टिप्पणी भइरहेका बेला उनले प्रधानमन्त्रीसमेत रहेका देउवालाई भेटेका हुन्।
देउवासँग पार्टी महाधिवेशनको तयारी, सरकारका उपलब्धि, कमजोरी र महामन्त्रीमा उम्मेदवारी घोषणाका बारेमा छलफल भएको बताएका छन्।
‘पार्टी महाधिवेशनको तयारी, महामन्त्रीमा उम्मेदवारी घोषणा, सरकारका उपलब्धि र कमजोरी लगायत बिषयमा आज अपरान्ह बालुवाटारमा पार्टी सभापति एवं सम्माननिय शेरबहादुर देउवासँग लामै संवाद गरें,’ उनले सामाजिक संजालमा भनेका छन्, ‘प्रचार विभागले महाधिवेशन पुर्व ‘चिन्तन चौधौं महाधिवेशन आयोजना’ गर्ने निर्णय गरेको जानकारी पनि गराएँ।’