शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संस्थापन पक्षलाई पराजित गर्दै धरान कांग्रेसमा श्याम पोख्रेलको प्यानल विजयी

संस्थापन पक्षलाई पराजित गर्दै धरान कांग्रेसमा श्याम पोख्रेलको प्यानल विजयी

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा श्याम पोखरेलले ३९ मतान्तरले राईलाई पराजित गरेका हुन्। पोखरेल २६२ मतसहित विजयी भएका हुन् भने राईले २२३ मत ल्याए। सभापतिमा ५ मत बदर भएको थियो।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

धरान- नेपाली कांग्रेस धरान उपमहानगरपालिकाको सभापतिमा श्याम पोख्रेलको प्यानल विजयी भएको छ। पोख्रेल प्यानलले संस्थापन पक्षका किशोर राईको प्यानललाई पराजित गर्दै विजयी भएको हो। 

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा श्याम पोखरेलले ३९ मतान्तरले राईलाई पराजित गरेका हुन्। पोखरेल २६२ मतसहित विजयी भएका हुन् भने राईले २२३ मत ल्याए। सभापतिमा ५ मत बदर भएको थियो।

पोखरेल प्यानलबाटै उपसभापतिमा नरेन्द्र कुमार राई (प्रवीण) र सन्तोष लिम्बू निर्वाचित भए। प्रवीणले २९० र सन्तोष लिम्बूले २२३ मत ल्याएर विजयी भएका हुन्। राई प्यानलका महेन्द्र तामाङले १८३ र राजकुमार थोप्राले २१८ मत प्राप्त गरी पराजित भएका थिए।

सचिवमा पनि पोखरेल प्यानलकै जितेन्द्र राईले २५९ र हिमाल श्रेष्ठले २९६ मत ल्याएर विजयी भए। राई प्यानलका रुक्मणि गौतम (कोपिला)ले १९५ र सुमन श्रेष्ठले १७१ मत मात्रै प्राप्त गरेका थिए।

सहसचिवमा युनेश रानाले ३०२ र शिला बज्राचार्यले २७१ मत प्राप्त गरेर विजयी भए। राई प्यानलका कमला रुचालले १७४ र गोपाल कार्कीले १८१ मत प्राप्त गरेका थिए। धरान कांग्रेसका जम्मा मतदाताको ९८.३९ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ। 

प्रकाशित: Sep 25, 2021| 22:33 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...