शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • वामदेवले भने - ओलीको नेतृत्वमा बस्‍न सकिँदैन, राजीनामा दिएपछि सकियो

वामदेवले भने - ओलीको नेतृत्वमा बस्‍न सकिँदैन, राजीनामा दिएपछि सकियो

नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बस्‍न नसक्‍ने स्पष्ट पारेका हुन्।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

काठमाडौं- नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बस्‍न नसक्‍ने स्पष्ट पारेका हुन्। 

यसअघि नेता गौतमले दिएको राजीनामा नेकपा एमालेले अस्वीकृत गरेपछि ओलीको नेतृत्वमा बस्‍न नसक्ने स्पष्ट पारेका हुन्। उनले भने, 'राजीनामा अस्वीकृत गर्नुको कुनै अर्थ छैन। केपी ओलीको नेतृत्वमा बस्‍न नसकिने भन्दै एमालेमा रहन सक्दिनँ भनेको थिएँ,  राजीनामा दिएपछि सकियो।’  

वामदेवको राजीनामा अस्वीकृत गरियो भने भोलि उनलाई एमालेमा फर्काउन सकिन्छ कि भन्‍ने ओलीको दिमागमा लागेको हुन सक्ने गौतमको विश्लेषण छ। उनले थपे, ‘मेरो राजीनामा अस्वीकृत गर्ने र केही गरी वामदेवलाई ल्याउन सकियो भने त्यो फिर्ता गर भन्‍ने केही कुरा केपी ओलीको दिमागमा आयो होला। त्यो अब सम्भव छैन।’

गत भदौ १८ गते नेता गौतमले एमालेबाट राजीनामा दिएका थिए। राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्‍न १० वटा आरोप लगाउँदै एमालेमा बस्‍न नसकिने बताएका थिए।


प्रकाशित: Sep 25, 2021| 15:18 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...