आइतबार, पुस ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

किन आक्रोशित छन् ओली?

झन्डै दुई तिहाई बहुमतको सरकारबाट बाहिरिनुमा माधवकुमार नेपाललाई दोषी देखेका केपी ओलीमा पद गुमाउनुको पीडा त छँदै छ, उनका पछिल्ला अभिव्यक्तिले नैतिक र सांस्कृतिक विचलन पनि हुन थालेको टिप्पणी गर्न थालिएको छ।
 |  आइतबार, असोज १०, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

आइतबार, असोज १०, २०७८

ntc landingntc landing

झन्डै दुई तिहाई बहुमतको सरकारबाट बाहिरिनुमा माधवकुमार नेपाललाई दोषी देखेका केपी ओलीमा पद गुमाउनुको पीडा त छँदै छ, उनका पछिल्ला अभिव्यक्तिले नैतिक र सांस्कृतिक विचलन पनि हुन थालेको टिप्पणी गर्न थालिएको छ।

himalayan bank box

बुटवल– समकालीन नेपाली नेतामध्ये केपी शर्मा ओलीको वाकपटुता फरक छ। यद्यपि उनका अभिव्यक्तिलाई कार्यकर्ताले तत्काल गडगडाहट ताली बजाए पनि त्यसको दीर्घकालीन प्रभावचाहिँ त्यति परेको पाइँदैन। त्यसैले आलोचकहरू ओलीले कार्यकर्ता रिझाउन मात्र मिठो भाषण गर्न गरेको टिप्पणी गर्छन्। कार्यकर्तालाई आफ्नो प्रभावमा राख्न नेताहरूले भाषण गर्नु स्वाभाविकै हो। तर लामो समयसम्म एउटै दलमा रहेका कुनै बेलाका सहकर्मीका विरुद्ध तुच्छ शब्द प्रयोग गर्दै गालीमा उत्रुनलाई चाहिँ त्यति राम्रो मान्न नसक्ने टिप्पणी विश्लेषकहरूको छ।

रूखो बोली, उखानटुक्का र विभिन्न सन्दर्भ झिकेर विपक्षीको खिल्ली उडाउन सिपालु छन् ओली। उनको मुखबाट प्रशंसाका वाणी विरलै सुन्न पाइन्छ। एमाले विभाजनपछि त झन् ओलीको बोली थप खस्रो हुन थालेको छ। त्यसको मुख्य निसानामा परेका छन्, एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल। 

ओलीले नेपालविरुद्ध ‘गद्धार, पिप निचोरियो, अपराधी, देशद्रोही, अंहकारी, दम्भी, स्वार्थी, पदको लोभी, नक्कचरा, हरिया साँप, कुहिएका फर्सी, फोहोरमा बस्ने झिंगा, घरमा आगो लगाएर खरानी धसेर तीर्थयात्रामा हिँडेको जोगी’ जस्ता शब्द प्रयोग गरिरहेका छन्। 
एमाले विभाजनपछि ओली नेपालप्रति निकै आक्रामक बनेका छन्। कार्यकर्ता भेला होस् या प्रशिक्षण। ओली नेता नेपालको कटु आलोचना गर्छन्। नेपालविरुद्ध ओलीको गाली र आलोचना दिनहुँ उकालो लागिरहेको छ। एमाले कार्यकर्ताको भेलामा ओलीले नेपाललाई विभिन्न उपमा दिएर गाली गर्छन्।
ओलीले नेपालविरुद्ध ‘गद्धार, पिप निचोरियो, अपराधी, देशद्रोही, अंहकारी, दम्भी, स्वार्थी, पदको लोभी, नक्कचरा, हरिया साँप, कुहिएका फर्सी, फोहोरमा बस्ने झिंगा, घरमा आगो लगाएर खरानी धसेर तीर्थयात्रामा हिँडेको जोगी’ जस्ता शब्द प्रयोग गरिरहेका छन्। 

गाली सुनेका कार्यकर्ताले ताली पडकाएपछि ओली झनै उत्साही हुन्छन्। त्यसपछि ओली उखानटुक्का, पौराणिक र धार्मिक कथा मिसाएर नेपालप्रति आक्रोश पोख्छन्। 

भदौ ३० गते एमाले रूपन्देहीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता ओलीले माधवकुमार नेपाललाई अपराधीको संज्ञा दिए। ‘माधव नेपाल कमरेड होइनन्, एमाले विरोधी, जनविरोधी अपराधी हुन’, उनले भने। त्यसो त ओलीले प्रायः भाषणमा नेपाललाई एउटा उपमा दिने गरेका छन्। त्यो हो ‘माधव नेपाल झिंगा र एमाले मौरी।’ ओलीले भन्दै आएका छन्, ‘मौरीको साथ लगाएर जाँदा बगैंचामा पुगिन्छ, झिँगाको साथ लाग्दा फोहोरको डंगुरमा पुगिन्छ।’ 

vianet

त्यसो त पार्टी विभाजनपछि नेताहरु गालीगलौचमा उत्रने कुरा त्यति नौलो होइन। अझ कम्युनिस्ट पार्टीमा विभाजनपछि विपक्षीलाई कडा आलोचना र गालीगलौच गर्ने क्रम बढी नै पाइन्छ। 

राजनीतिशास्त्रका प्राध्यापक कपिल श्रेष्ठ नैतिक र बौद्धिक स्तर खस्किँदै गएपछि वामपन्थी नेताहरू एकअर्कामाथि खनिनु स्वाभाविकै भएको बताउँछन्। उनी भन्छन्, ‘ओली त गालीशास्त्रमा महापुरुष हुन्। यसमा प्रचण्ड पनि कम छैनन्।’ अब सार्वजनिक कार्यक्रममा कम्युनिस्ट नेताहरु एकले अर्कालाई गाली गरेनन् भने आश्चर्य हुने उनको भनाइ छ। 

‘आफूलाई हुँदासम्म एकदम ठिक, नभएपछि एकदमै बेठिक। नेताहरू जुनसुकै शब्द प्रयोग गर्न र जुनसुकै तहमा पनि ओर्लन तयार भएका छन्। यसलाई बौद्धिक, नैतिक र सांस्कृतिक विचलनको पराकाष्ठा भनिन्छ।’

श्रेष्ठले भने, ‘यो उनीहरूले कार्लमार्क्सदेखि पाएको शिक्षा हो। पुँजीवादीहरूले यस्तो गाली गर्न जानेका छैनन्।’ कम्युनिस्ट नेताहरूले एकआपसमा गरेको गालीको वर्षाले युवा र कलिलो मनमा कस्तो असर पर्ने हो? गम्भीर प्रश्न रहेको प्राध्यापक श्रेष्ठको भनाइ छ। उनी भन्छन्, ‘आफूलाई हुँदासम्म एकदम ठिक, नभएपछि एकदमै बेठिक। नेताहरू जुनसुकै शब्द प्रयोग गर्न र जुनसुकै तहमा पनि ओर्लन तयार भएका छन्। यसलाई बौद्धिक, नैतिक र सांस्कृतिक विचलनको पराकाष्ठा भनिन्छ।’

तर, राजनीतिक विचार, सिद्धान्तभन्दा पनि व्यक्तिगत इगो र जनतालाई उत्तेजित बनाउने गरी गरिने गालीगलौजमा उत्रनु  गलत भएको बताउँछन् विश्लेषक देवेन्द्र घिमिरे। 

कुनै बेला एमालेको सक्रिय राजनीति गरेका घिमिरे कम्युनिस्टको चरित्र र सिद्धान्त नेताहरुले छोडेपछि एमाले परित्याग गरिबसेका हुन्। ‘पार्टी फुटेपछि गालीगलौज हुने कुरा विगतदेखिकै निरन्तरता हो। अझ २०५४ सालमा त पार्टी विभाजनका बेला भौतिक आक्रमणसमेत हुन्थ्यो’ उनी भन्छन्, ‘अहिले भौतिक आक्रमण भएको छैन।’ 


एमाले बाँकेद्वारा गत साता नेपालगन्जमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली। 

विचार नमिलेपछि विभाजन स्वाभाविक भएको बताउँदै एकले अर्कोलाई गाली गर्दैमा जनमत हात लाग्ने भन्ने भ्रमबाट हट्नुपर्ने बताए। ‘ओलीको स्वभाव विगतदेखि नै विपक्षीमाथि खनिने नै हो’, घिमिरेले भने। विगतदेखि नै गाली गर्ने र कार्यकर्ता तान्न खोज्ने पुरानो संस्कारले समेत नेताहरुलाई नछाडेको उनको टिप्पणी छ। 

नेपालप्रति किन आक्रामक छन् ओली 

२०५४ सालमा पार्टी विभाजनका बेला ओली र नेपालबीचको सम्बन्ध प्रगाढ थियो। एमालेको छैटौं महाधिवेशनमा कार्यनीतिक प्रस्ताव पेस गर्ने गरी तत्कालीन महासचिव नेपालले ओलीलाई पार्टीमा तेस्रो वरीयता दिलाए। 

ओलीलाई आफूभन्दा माथि राखेको भन्दै वामदेव गौतमले फरक मत राखेका थिए। महाकाली सन्धिका विषयमा ओली र नेपाल एकै ठाउँ उभिएका थिए। पार्टी विभाजनको मुख्य कारण थियो महाकाली सन्धि। एकले अर्कोलाई साथ दिएका ओली नेपालको कटुता नवौं अधिवेशनपछि चुलिएको हो। 

यद्यपि ओलीले नेपालको सधैं आलोचना गरेको नेपाल निकटका नेताहरु बताउँछन्। नवौं अधिवेशनमा अध्यक्षमा पराजित भएपछि नेपाल र ओली सम्बन्ध थप चिसिएको थियो। त्यसमथि २०७४ सालमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकतापछि नेपालको असन्तुष्टि चुलिएको थियो। 

पार्टी र सरकारमा ओलीले एकलौटी गर्न थालेपछि प्रचण्ड र नेपाल एक ठाउँ उभिए। नेकपाभित्रबाट चुलिएको ओली नेपाल संघर्ष २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनपछि कटुतापूर्ण अवस्थामा पुगेको थियो। 

‘आफ्नो पार्टीको सरकार ढालेर, एमालेको विचारबाट मत जितेर कांग्रेसको सरकार बनाएर माधव नेपालले वामपन्थी आन्दोलनलाई तहसनहस पारेका छन्।’

संसद् विघटनमा नेपाल पक्षको विरोध कायमै थियो। सर्वोच्चले संसद् विघटन बदर गरेपछि नेपालको अडानले जित हासिल गरेको थियो। तर, पछि अदालतले नेकपा खारेज गरेर एमाले ब्युँताइदिएपछि ओलीले नेपाल पक्षका नेतालाई कारबाही गर्न थाले। जसले नेपाल पक्षसँग अन्ततः एमाले विभाजन गरी नयाँ पार्टीको गठनमा जुटेका छन्। आफ्नो पार्टीको सरकार ढालेर प्रतिक्रियावादी शक्तिलाई साथ दिएकै कारण माधव नेपालको आलोचना गर्नुपरेको तर्क छ नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य लीला गिरीको।

‘आफ्नो पार्टीको सरकार ढालेर, एमालेको विचारबाट मत जितेर कांग्रेसको सरकार बनाएर माधव नेपालले वामपन्थी आन्दोलनलाई तहसनहस पारेका छन्’, गिरीले भने, ‘अध्यक्ष ओलीले नेपालले गरेको अपराधको तुलनामा निकै थोरै शब्द भन्नुभएको छ।’ उनका अनुसार नेपाललाई ओलीले क्षमा दिने ठाउँ नै छैन। जनतामाझ अध्यक्ष ओलीले भनेका अभिव्यक्तिलाई गालीका रुपमा बुझ्न नहुने बताए। ‘अध्यक्ष ओलीले सामान्य शब्द मात्रै भन्नुभएको छ, गाली भन्ने कुरा त दृष्टिदोष मात्रै हो’, उनले भने। 

कमजोर भएपछि बर्बराएका हुन् : मेटमणि चौधरी 

नेपालप्रति ओली आक्रामक हुनुमा व्यक्तिगत ‘इगो’ र ओलीको प्रतिशोधी स्वभाव मुख्य कारण भएको नेताहरुको बुझाइ छ। तर, त्योभन्दा पनि अहिलेको अवस्थामा ओली नेपालप्रति आक्रामक हुनुमा कमजोर मानसिकताको उपज भएको बताउँछन् नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा सांसद मेटमणि चौधरी। ‘ओलीजी विचार दिने नेता होइन, उहाँको विशेषता भनेकै गाली गर्ने हो’, चौधरीले भने, ‘अहिले त उहाँ सत्ताबाट बाहिरिनुपरेको पीडा र पार्टीमा समेत कमजोर भएकाले बर्बराउनुभएको हो।’  

बालुवाटारको सेवासुविधा खोसिएकाले त्यसको पीडा माधव नेपाललाई गाली गरेर पोखेको उनको टिप्पणी छ। ‘जब मानिस शारीरिक, मानसिक रुपमा कमजोर हुन्छ, त्यसपछि दिमागले काम गर्न छोड्छ, यो एक प्रकारले मानसिक सन्तुलन गुम्नुअघिको संकेत हो’, चौधरीले भने। 

ओलीप्रति आक्रामक नेकपा एकीकृत लुम्बिनीका इन्चार्जसमेत रहेका चौधरीले आफूहरु गालीको पछि नलाग्ने प्रस्ट्याए। ‘हामी संगठन विस्तारमा लाग्छौं, कार्यकर्तालाई विचारबाट प्रशिक्षित गर्छौं’, उनले भने। 

प्रकाशित: Sep 26, 2021| 06:30 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...