मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ११ दल नेपाली कम्युनिष्ट पार्टीमा मिल्नु भनेको ओली र सिद्धान्तको विरोध गर्नु हो : सूर्य थापा

११ दल नेपाली कम्युनिष्ट पार्टीमा मिल्नु भनेको ओली र सिद्धान्तको विरोध गर्नु हो : सूर्य थापा

 |  बिहीबार, कात्तिक २७, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०८२

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी ओली र सिद्धान्तको विरोध गर्नु मात्र रहेको आरोप लगाएका छन्।

National life

बिहीबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले समाजवादी र माओवादी बाहेक अरु पार्टी शून्य रहेको भन्दै हामी यत्तिकै मिसियौं भन्नुको कुनै अर्थ नरहेको बताए।

उनले भने,‘हिजोसम्म ११ वटा पार्टीको एकता भन्नुभएको छ। समाजवादी र माओवादी चिनेको हो। अरु नौं वटा जिरो हुन्। कसैले चिनेको छैन्। ११ वटा मिसिएर के हुने रैछ त ? देशभरीको स्थिति त यही हो। अनि हामी यत्तिका मिसियौं भन्नुको अर्थ के हुन्छ ? उहाँहरुले ०७७ सालदेखि नै यही गर्दै आउनुभएको हो। त्यो भनेको केपी ओलीको सिद्धान्तको विरोध हो। उहाँहरुको राजनीति केपी ओलीकै निन्दा हो।’

त्यस्तै उनले अहिले पेन्सन पकाउने सेलिब्रेटी बन्ने अनि पार्टी खोलिहाल्ने लहर चलेको बताए। खोलिएको हरेक पार्टी कांग्रेस र एमाले जस्तो शताब्दी राष्ट्रको नेतृत्व गर्ने पार्टी नहुने भन्दै उनले अहिले दर्ता भएका पार्टी कालिपोके बन्ने खतराका पार्टीहरु रहेको टिप्प्णी गरे।

उनले केपी ओलीले पद छोड्नुपर्छ ,२३ गतेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ भनेर केन्द्रीय कमिटीमा ३ सय २८ जनाले बोलेकोमा १६ जना र सचिवालयमा ५ गरी २१ जनाले मत राखेको जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 13, 2025| 16:20 बिहीबार, कात्तिक २७, २०८२
प्रतिक्रिया दिनुहोस्