शुक्रबार, भदौ ५, २०८३

भरतमोहनकी छोरी लिमा राजनीतिमा

वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी पुत्री लीमा अधिकारी पनि सक्रिय राजनीतिमा आउने भएकी छन्।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

काठमाडौं- वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी पुत्री लीमा अधिकारी पनि सक्रिय राजनीतिमा आउने भएकी छन्। उनले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट राजनीति गर्ने भएकी छिन्।

नेकपा एसले उनलाई बागमति प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको  छ।

लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय थिइन्। उनी नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिव हुन्। अधिकारीले आफ्नो ठूलोबुवा पूर्वप्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी  र स्वर्गीय बुवाले राजनीतिमार्फत गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन सक्रिय राजनीतिमा आएको बताएकी छिन्।

‘मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहनुभएको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ’, अधिकारीले भनेकी छिन्, ‘तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्। त्यसैले राजनीतिमा हामीजस्ता युवाहरुको आवश्यकता छ।’

राजनीति दूषित बन्दै गएको बताउँदै उनले ‘मुलुकबाट लिने नभई दिने’ उद्देश्यसहित आफू राजनीतिमा लागेको बताएकी छिन्। लीमा भरतमोहनका तीनमध्ये माहिली छोरी हुन्। लीमाको परिवार बैंकिङ, हाइड्रोपावर, सफ्टेवयर तथा इन्टरनेट व्यवसायमा संलग्न छ।

उनका श्रीमान् सुदीप आचार्य कामाना सेवा विकास बैंकका अध्यक्ष तथा डिसहोम नेटवर्कका प्रबन्ध निर्देशक हुन्। सुदीपका पिता कृष्ण आचार्य ०६२/०६३ को जनआन्दोलनपछि पुर्नस्थापित प्रतिनिधिसभामा व्यवसायीका तर्फबाट अन्तरिम विधायक थिए। आचार्य हाल स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था (इपान) का अध्यक्ष छन्।

प्रकाशित: Sep 25, 2021| 13:42 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...