काठमाडौं– एमालेको जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको समूहगत छलफल शनिबार सकिएको छ। प्रतिवेदनमाथि छलफल गर्न शुक्रबार १० समूह विभाजन गरिएको थियो। समूगत छलफलमा सर्बै समूहबाट टोली नेता चयन भएका छन्।
एमालेका अनुसार प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल,गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले चयन भएका छन्। अब उनीहरूले छलफलको निष्कर्ष सुनाउने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
समूहगत छ्लफलको सुझावपछि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिनेछन्।