शुक्रबार, भदौ ५, २०८३

माधव नेपाललाई ओलीको जबाफ– टर्च लाइट बालेर खोज्ने सपना पूरा हुँदैन

एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई आगामी चुनावमा टर्च लाइट बालेर खोज्ने माधव नेपालको सपना पूरा नहुने जबाफ फर्काएका छन्।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई आगामी चुनावमा टर्च लाइट बालेर खोज्ने माधव नेपालको सपना पूरा नहुने जबाफ फर्काएका छन्।

मकवानपुरमा शनिबार आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आउँदो चुनावसम्म एमाले टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने बताएका थिए। एमालेको जारी केन्द्रीय कमिटी बैठक आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘मच्छडले निदाएका बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भन्नु उस्तै हो।’ ओलीले एमाले प्रतिपक्षमा हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको पनि बताएका छन्। 

प्रकाशित: Sep 26, 2021| 16:29 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...