शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशन : पालिकामा कम्तीमा एक दलित सदस्य निर्वाचित गर्ने निर्णय

कांग्रेस महाधिवेशन : पालिकामा कम्तीमा एक दलित सदस्य निर्वाचित गर्ने निर्णय

नेपाली कांग्रेसले पालिकास्तरको कार्यसमितिमा कम्तीमा पनि एक जना दलित सदस्य निर्वाचित गर्ने निर्णय गरेको छ। असोज ८ गते बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौं- नेपाली कांग्रेसले पालिकास्तरको कार्यसमितिमा कम्तीमा पनि एक जना दलित सदस्य निर्वाचित गर्ने निर्णय गरेको छ। असोज ८ गते बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। 

यसअघि जारी गरिएको निर्देशिका पालना गर्दा पालिकाका साथै प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमिति कम्तीमा पनि एक जना दलित निर्वाचित नभएमा क्षेत्रीय प्रतिनिधिबाट थप एक जना दलित सदस्य निर्वाचित गर्नुपर्ने कांग्रेसको निर्णय छ। यसका साथै मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना सदस्य थप निर्वाचित गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको कांग्रेस कार्यालयले जानकारी दिएको छ। 

'पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्था अनुसार माथि उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट कम्तिमा एक दलित सदस्य र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट एक जना सदस्य थप निर्वाचित हुने व्यवस्था गर्ने,' कांग्रेसको निर्णयमा उल्लेख छ। 

यसअघि साउन ३० गतेको बैठकले समावेशी प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्थासमेतको निर्वाचन निर्देशिका समितिको सुझावसमावेश गरी टुंग्याउन सहमहामन्त्री डा. प्रकाश शरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालको टोली गठन गरिएको थियो। उक्त टोलीको सुझावका आधारमा दलितलगायतको समावेशी कार्यसमिति बनाउने निर्णय भएको कांग्रेसको भनाइ छ। 

प्रकाशित: Sep 24, 2021| 20:38 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...