शुक्रबार, भदौ ५, २०८३

नेकपा एकीकृत समाजवादी चाँडै सरकारमा सहभागी हुन्छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताएका छन्।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताएका छन्। 

मकवानपुर जिल्लाको शपथ ग्रहण तथा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शनिबार अध्यक्ष नेपालले नेकपा एकीकृत छिट्टै सरकारमा सहभागी हुने बताएका हुन्। 

उनले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने बताए। 

उनले भने, ‘नेकपा(एकीकृत समाजवादी) पनि यो सरकारमा सहभागी हुनेछ। यो देश हाँक्नेछ। यो देशलाई परिवर्तनको दिशामा अगाडि बढाउने छ। हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो । जनताको सेवा गर्ने हो । देशको इजजत र प्रतिष्ठा बचाउने हो ।’

अध्यक्ष नेपालले गठबन्धनका बीचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताए। उनले गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने बताए। उनले भन्नुभयो, ‘सहकार्यको संस्कृति विकास गर्नुपर्नेछ। प्रदेशमा पनि सामुहिक रुपमा सरकार चलाउन चाहान्छौँ । राम्रो मान्छेलाई प्रोत्साहित गर्न चाहान्छौँ । योग्यता क्षमता भएको मान्छेलाई हुर्काउन चाहान्छौँ।’

उनले एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुत रहेको दाबी गरे। आफूहरुले पार्टीलाई पहिलो बनाउन चाहेको पनि उनले उल्लेख गरेका छन्।


प्रकाशित: Sep 25, 2021| 23:35 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...