शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बालुवाटारमा सत्ता गठबन्धनको छलफल, मन्त्रिपरिषद् विस्तारमा भएन सहमति

बालुवाटारमा सत्ता गठबन्धनको छलफल, मन्त्रिपरिषद् विस्तारमा भएन सहमति

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान १० बजेदेखि एक घण्टासम्म नेताहरुबीच छलफल भएको थियो। 

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गरेका थिए। गठबन्धनको छलफलमा सहभागी एक नेताका अनुसार मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको थियो।

तर, ठोस सहमति भने जुट्न नसकेको ती नेताले बताए। ‘मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिने भन्ने भयो। तर, ठोस सहमति भने जुट्न सकेन,’ ती नेताले भने, ‘दल विभाजन सम्बन्धी अध्यादेश निष्कृय हुनुपर्ने कुरा आज पनि उठेको छ।’

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। देउवाको क्याबिनेटमा तीन मन्त्री र एक राज्यमन्त्री, माओवादीबाट २ जना मन्त्री छन्। छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित थिए।

प्रकाशित: Sep 26, 2021| 12:54 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...