काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म नेकपा एमाले टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने बताएका छन्। हेटौंडामा शनबिार आयोजित कार्यक्रममा नेपालले भने, ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस्।’
उनले कार्यकर्ताहरूलाई एमालेका नेताहरूप्रति गालीगलौच नगर्न आग्रह गरे। नेपालले भने, ‘केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन्। उनीहरूको काम नै गाली गर्ने हो। हामी त्यस्तो गर्ने छैनौं। हामी गलत बाटोमा जान चाहन्नौं। नत्र त उहाँहरू र हामीमा के फरक रह्यो र?’
उनले आफूहरूले संसारलाई फूलको आँखाले हेरे पनि केपी ओलीले काँडाको आँखाले संसार हेर्ने गरेको टिप्पणी गरे।