शुक्रबार, भदौ ५, २०८३

प्रदेशमा पनि गठबन्धन बनाउने सहमति

सत्ताधारी पाँच दल प्रदेश सरकारमा पनि गठबन्धन बनाएर अघि बढ्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पाँच दलीय गठबन्धनमा यस्तो सहमति भएको हो।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– सत्ताधारी पाँच दल प्रदेश सरकारमा पनि गठबन्धन बनाएर अघि बढ्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पाँच दलीय गठबन्धनमा यस्तो सहमति भएको हो। 

‘कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच प्रदेशमा समेत गठबन्धन बनाएर अघि बढ्ने समझदारी भएको छ,’ बैठकपछि एक नेताले भने। ती नेताका अनुसार अनुसार बागमती र प्रदेश १ मा गठबन्धनले सरकार बनाउने पनि समझदारी बनेको छ। 

बैठकमा संसद्मा प्रस्तुत राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिइएको छ। बैठकमा 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र नेता महेन्द्र राय यादव तथा जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए।

‘राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गरेर सरकारलाई पूर्णता दिने अधिकार शीर्ष नेतृत्वलाई दिएका छौं,’ बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘यो हप्ताभित्र पूर्णता दिने समझदारी बनेको छ।’

प्रकाशित: Sep 26, 2021| 16:23 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...