पुस ७ पछि माधव कुमार नेपाललाई साथ दिएका एमालेका १० स्थायी कमिटी सदस्यहरू मंगलबारको बैठकमा सहभागी भएका थिए। मंगलबारको बैठकले उनीहरूलाई विशेष जिम्मेवारी दिएर पठाएको छ।
अग्नि खरेलसहितका एमाले नेताहरूले मंगलबार निर्वाचनमा आयोगमा पुगेर ह्विप उल्लंघन गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न आयोगलाई दबाब दिएका हुन्।
माधवकुमार नेपालको नेतृत्वमा दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी)लाई साथ दिएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले केही नेताहरूले मध्यपन्थी धारको वकालत गर्दै केपी शर्मा ओलीको शरणमा पुगेको टिप्पणी गरेका छन्।
लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले लिएको विश्वासको मतलाई नेकपा एमालेले हास्यास्पद नाटक मञ्चनको संज्ञा दिँदै अवैधानिक भएको बताएको छ।
अध्यक्ष ओलीले एमाले स्थायी कमिटी बैठकमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनेकोमा बधाई दिएका छन्। यस्तै अध्यक्ष नेपालले त शाक्य आफ्नै प्रस्तावमा मुख्यमन्त्री बनाएको दाबी गरेका छन्।
एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा सभापति हुन फरक–फरक मापदण्ड तय गरिएपछि सभापतिहरु आन्दोलित बनेका हुन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट निष्कासित भइसकेपछि केपी ओलीसँग घुँडा टेक्न नचाहेर नयाँ पार्टी दर्ता प्रक्रियामा लागेको बताएका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले तीन बुँदे माग राखेर धर्ना सुरु गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापतिहरुले मंगलबारदेखि धर्ना थालेका हुन्।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चन्द्रागिरिमा बसेको छ। बैठकमा पार्टी विधान र राजनीतिक प्रतिवेदन तथा घोषणा पत्रलगायत विषयमा छलफल भइरहेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए।
नेकपा एमाले स्थायी कमिटीको बैठक अपराह्न ३ बजेका लागि सारिएको छ। अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने गरी बैठक बिहान ११ बजेका लागि आह्वान...