शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसद् खुलाउन एमालेको सर्त– प्रधानमन्त्री र सभामुखले ओलीसँग संवाद गर्नुपर्छ

संसद् खुलाउन एमालेको सर्त– प्रधानमन्त्री र सभामुखले ओलीसँग संवाद गर्नुपर्छ

प्रमुख प्रतिपक्षी एमालेले संसद्‌मा जारी अवरोध खुलाउने हो भने प्रधानमन्त्री र सभामुखले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीसँग वार्ता गर्नुपर्ने माग गरेको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं–  प्रमुख प्रतिपक्षी एमालेले संसद्‌मा जारी अवरोध खुलाउने हो भने प्रधानमन्त्री र सभामुखले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीसँग वार्ता गर्नुपर्ने सर्त अघि सारेकाे छ। प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा एमाले सांसद एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले ओलीसँग व्यक्तिगत रुपमै भेटेर छलफल गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘एमाले कानुन र संविधानको रक्षाका लागि दृढताका साथ संसद्‌मा उभिरहनेछ।’ संविधान, कानुन मिचेर बनाइएको र सरकारमा समावेश भएको दललाई मान्यता दिइएको बैठकमा सहभागी नहुने पनि उनले बताए।

उनले भने, ‘तपाईंहरूले साँच्चिकै अवरोध खुलाउन खोज्नुभएको हो भने सभामुखले प्रमुख प्रतिपक्ष दलको नेतासँग व्यक्तिगत रुपमै भेट्नुहोस्, ज्ञानेन्द्रबहादुर कार्कीलाई सीधै तपाईंको प्रधानमन्त्रीलाई संसदीय दलको नेतासँग भेट्नुहोस् किन निहुँ खोज्नुहुन्छ भनेका थियौं। एमाले कानुन र संविधानको रक्षाका लागि दृढताका साथ संसद्‌मा उभिरहन्छ।’

उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको सन्तानजस्तो भएको आरोप लगाए। 

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पनि प्रधानमन्त्री देउवा र सभामुख सापकोटाले एमालेका मुद्दालाई सम्बोधन गरेर सीधा आफ्नो पार्टीका संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताएका छन्। 


प्रकाशित: Sep 30, 2021| 17:09 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...