काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (एमाले)का कारण संसदको छवि गिर्दै गएको बताएका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई द्वन्द्वको हल हठ नभएर संवाद भएकाले संवादबाटै समाधान खोज्न आग्रह समेत गरेका छन्।
एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारका लागि बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको थियो। शर्माले सर्वदलीय बैठकमा फरक मत राख्न सकिने र साझा मत निर्माणको प्रयत्न समेत गर्न सकिने बताएका छन्।
‘सर्वदलीय बैठकमा फरक मत राख्न सकिन्छ। साझा मत निर्माणको प्रयत्न गर्न सकिन्छ। सुसंस्कृत राजनीतिले सँगै बसेर समाधान खोज भन्छ, बहिष्कार गरेर एकल मञ्चबाट असहिष्णु बात गर भन्दैन,’ शर्माले सामाजिक सञ्जालमा भनेका छन्, ‘श्रद्धेय केपी शर्मा ओलीज्यू, द्वन्द्वको हल हठ होइन, संवादले खोजौं। गतिरोधले गिराउँदो छविप्रति गम्भीर बनौं।