काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइए पनि प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित छ।
बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत विषयमा छलफल हुने बताइएको छ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, काननुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाल सहभागी छन्।
जनता समाजवादी पार्टी (जसपा) नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल तथा नेपाल मजदुर किसान पार्टी प्रेम सुवाल पनि बैठकमा सहभागी छन्।