शुक्रबार, भदौ ५, २०८३

सरकारको प्राथमिकता नागरिकको जीवन रक्षा : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्। 

गृहमन्त्री खाँणले बुधबार ठमेल पर्यटन व्यवसायीहरुसँगको छलफलमा कोभिड–१९ को संक्रमणले मृत्यु नहोस् भनेर सरकारले खोपलगायतका व्यवस्थालाई चुस्त बनाएको पनि स्पष्ट पारेका छन्। उनले पर्यटन व्यवसायलाई सहज ढंगले सञ्‍चालन गर्ने वातावरण बनाउन सरकारले पर्यटन व्यवसायीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको पनि स्मरण गरेका छन्। 

उनले भने, ‘कुनै पनि नेपालीको अकालमा मृत्यु हुनु भएन। अकाल मृत्युबाट नागरिकलाई कसरी रक्षा गर्ने अहिलेको सरकारको सबैभन्दा मूल फोकस नै यही हो। कोभिड-१९ को संक्रमणले पनि कसैले मृत्यु हुनु भएन। दुर्घटनामा पनि कसैको मृत्यु हुनु भएन। एक आपसमा हानहानले पनि कसैको मृत्यु हुनु भएन। कुनै पनि कारणले नागरिकको अकालमा मृत्यु हुन्छ भने हामी सबैलाई त्यसको पीडा हुन्छ।’

गृहमन्त्री खाँणले ठमेललगायतका पर्यटन व्यवसायीहरुको व्यवसाय सहज ढंगले सञ्‍चालनका लागि सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको पनि बताए। छलफलमा पर्यटन व्यवसायीहरुले पर्यटन व्यवसाय पूर्णरुपमा सञ्‍चालनका लागि आवश्यक व्यवस्था मिलाउन गृहमन्त्री खाँणको ध्यानाकर्षण गराएका थिए। उनीहरुले कोभिड १९ मा थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन सरकारले आवश्यक वातावरण बनाउन ढिलाइ गर्न नहुनेमा पनि जोड दिएका थिए।


 


प्रकाशित: Sep 29, 2021| 20:40 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...