काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले अवरोध गरिरहेका छन्।
सभामुख अग्नी सापकोटाले बैठक सुरु गर्ने वित्तिकै एमालेका सांसदहरूले उठेर नाराबाजी गरिरहेका हुन्।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ। त्यस्तै आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्कोषकको ५८औं वार्षिक प्रतिवेदन २०७८ पेस गर्नेछन्।