शुक्रबार, भदौ ५, २०८३

चार देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

चारै देशका राजदूतहरू सम्बन्धित देशका आवासीय प्रतिनिधिहरू हुन्। कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको पनि उपस्थिति थियो।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार देशका राजदूतले ओहदाको प्रमाणपत्र पेस गरेका छन्। इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले राष्ट्रपति भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएका हुन्। 

इजिप्टका राजदूत नोहा हाम्दी अहमद एल्गीबाली,  फ्रान्सका राजदूत डा थोमस हेन्रिक प्रिन्ज, नर्वेका राजदूत टोरन द्रामदल र फ्रान्सका राजदूत गिल्स बोरबाओ छन्। उनीहरूले शीतल निवासमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा ओहदाको प्रमाणपत्र बुझाएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। 

चारै  देशका राजदूतहरू सम्बन्धित देशका आवासीय प्रतिनिधिहरू हुन्। कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको पनि उपस्थिति थियो। 

प्रकाशित: Sep 30, 2021| 16:19 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...