शुक्रबार, भदौ ५, २०८३

देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

संघीय संसद्‍मा जारी अवरोध अन्त्यका बारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं- संघीय संसद्‍मा जारी अवरोध अन्त्यका बारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् अवरुद्ध गरेपछि सहमति खोज्न प्रधानमन्त्री देउवाले आज बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका छन्। तर, उक्त बैठकमा एमाले सहभागी नहुने भएको हो। 

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा आफूहरू सहभागी नहुने बताएका छन्। 

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई बोलाइको थियो।

यसअघि संसद्‍को अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल एमालेले बहिष्कार गरेको थियो। एमालेको अवरोधकै बीच सरकारले बजेट पास गरेको थियो। 

आफूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेले संसद्‍को चालु अधिवेशनमा अवरोध गर्दै आएको छ। यस विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ।

प्रकाशित: Sep 30, 2021| 08:59 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...