काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँबानेश्वरमा बैठक दिउँसो १ बजेका आह्वान गरिएको छ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ। त्यस्तै आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्कोषकको ५८औं वार्षिक प्रतिवेदन २०७८ पेस गर्नेछन्।