शुक्रबार, भदौ ५, २०८३

मन्त्रिपरिषद् विस्तारबारे माओवादीले के भन्‍यो?

नेकपा माओवादी केन्द्रले पार्टी संगठनलाई व्यवस्थित बनाउने सम्बन्धमा छलफल गरेको छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टी संगठनलाई व्यवस्थित बनाउने सम्बन्धमा छलफल गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको संगठनलाई व्यवस्थित बनाउने सन्दर्भमा संगठन विभागले सुझाव र योजनाहरु पेश गरेको र ती योजनाहरुलाई स्थायी कमिटी बैठकले स्वीकार गरेको स्थायी कमिटी सदस्य देव गुरुङले बताए। 

त्यस्तै बैठकमा विगतमा विभिन्‍न समयमा भएको पार्टी एकीकरणमा आएका नेता, कार्यकर्ताहरु संगठित हुन छुटेको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न बनाएको कार्यदलले प्रतिवेदन पेश गरेको पनि उनले जानकारी दिए।

कार्यदलले बुझाएको सुझावलाई ध्यान दिएर त्यही अनुसार सांगठनिक प्रक्रियामा लैजानका लागि अगाडि बढ्ने उनले बताए। त्यस्तै बैठकमा पार्टी स्कूल विभागले पनि पार्टी स्कूल विभागलाई कसरी लैजाने भन्ने योजना प्रस्तुत गरेको थियो। यसलाई थप अध्ययन गरेर व्यवस्थित रुपमा टुंगो लगाउने कुरा भएको पनि उनको भनाइ छ।

स्थायी कमिटी सदस्य गुरुङले सरकार गठनका लागि भएको कानुनी जटिलता अन्त्य हुने प्रक्रियामा रहेको उल्लेख गर्दै कानुनी जटिलता अन्त्य भइसकेपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद्‌बारे नीतिगत निर्णय गर्ने र मन्त्रीहरुको टुंगो लगाइने बताए।

बैठकमा मन्त्रिपरिषद् विस्तारको विषय एजेण्डाको रुपमा नरहेको उनले स्पष्ट पारे। 

प्रकाशित: Sep 29, 2021| 23:40 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...