शुक्रबार, भदौ ५, २०८३

लोसपा छाडे लेखीले, अब एमाले प्रवेश गर्दै

राजीनामापत्रमा लेखीले आफूले नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीका सम्पूर्ण पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं– नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजकुमार लेखीले पार्टी छोडेका छन्। लोसपाका कार्यकारिणी समिति सदस्य लेखीले बिहीबार पार्टीका सबै पदबाट राजीनामा दिएका हुन्। लेखी अब एमाले प्रवेश गर्न लागेको एक नेताले जानकारी दिए। लोसपाका नेता केशव झाले लेखीले पार्टीबाट राजीनामा दिएको बताए। 

लेखी आदिवासी जनजातिका नेतासमेत हुन्। उनले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई बुझाएको राजीनामा बुझाएका छन्।

राजीनामापत्रमा लेखीले आफूले नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीका सम्पूर्ण पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। 

लेखीले लोसपाले आफूलाई वैकल्पिक शक्ति भन्दै गर्दा कांग्रेस, एमाले, माओवादीले भन्दा केही गर्न नसकेपछि आफू पार्टीबाट अलग भएको बताए। उनले भने, ‘एजेन्डा एकातिर भयो, व्यवहार अर्कोतिर भयो। पोस्टर र सिद्धान्त मात्र देखाएर जनताले विश्वास गर्न सक्दैनन्। त्यसैले पार्टीमा बसिरहन उचित लागेन।’

उनले राजनीतिबाट अलग भने नभएको बताए। उनले एमाले प्रवेश गर्नेबारेमा औपचारिक छलफल भने नभएको पनि बताए।  स्रोतका अनुसार उनी एमाले प्रवेश गर्ने तयारीमा छन् । उनी पछिल्लो केही दिनयता निरन्तर एमाले नेता सत्यनारायण मण्डलसँग छलफलमा थिए। नेता लेखीले समेत एमाले प्रवेशन गर्ने सम्भावना रहेको बताएका छन्।

प्रकाशित: Sep 30, 2021| 11:37 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...