शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्रालयको भागबन्डा मिलाउन प्रधानमन्त्रीले डाके सत्ता गठबन्धनको बैठक

मन्त्रालयको भागबन्डा मिलाउन प्रधानमन्त्रीले डाके सत्ता गठबन्धनको बैठक

मन्त्रालय भागबन्डामा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ। दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्ने बैठकले कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लगाउने भएको हो।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं- मन्त्रालय भागबन्डामा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ। दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्ने बैठकले कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लगाउने भएको हो। 

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। उनका अनुसार आजको छलफलले कुन मन्त्रालय कसले पाउने भन्ने निर्क्योल गरेपछि एक/दुई दिनमै मन्त्रिपरिषद् विस्तार हुने छ । 

सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार अन्योलमा परेको छ। बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि दलहरूले मन्त्री हुनेहरूको नामावली नदिँदा मन्त्रिपरिषद् विस्तार हुन सकेन। 

कसले कुन मन्त्रालय पाउने भन्ने विषयमा टुंगो नलागेसम्म मन्त्रीहरूको नामावली दिन नसकिने सत्तासाझेदार दलहरूको अडान छ। एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाइसके पनि अझै प्रधानमन्त्री देउवालाई नाम बुझाएको छैन। माओवादी केन्द्र र जसपाले मन्त्रीको नाम नै छनोट गरेको छैन। 

गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ६–६ मन्त्रालय राख्ने सहमति भइसकेको छ। तर, कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति हुन सकेको छैन। 

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले साढे २ महिना बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ।

प्रकाशित: Sep 30, 2021| 07:57 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...