आयोगले आज साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसले सहभागिता जनाउन पाउनु पर्ने बताउँदै आएको छ। केन्द्रदेखि अन्य ६ प्रदेशमा गठबन्धनको सरकार रहेकोमा सुदूरपश्चिममा कांग्रेस सरकार बाहिर रहेर सहयोग गरिरहेको छ। यस्तो अवस्थामा कांग्रेस...
नेपाल बार एसोसिएसनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन्।
सन् २०२२ अक्टोबर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हाङ्ग्जाउ २०२२ एसियन पारा गेम्सको लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के.४४) ले ५७ केजीमुनी र सिर्जना घिसिङ्...
नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले मधेश प्रदेशमा चुनावी तालमेल नमान्ने भएको छ। बिहिबार बसेको समूहको बैठकले मधेस प्रदेशमा गठबन्धनका नमान्ने निर्णय गरेको हो।
आइतबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे विभिन्न ६ विषयमा ध्यानाकर्षण गराएको हो।
ओलीले किन मास हेरेर भाषण गर्छन्? त्यसको उद्देश्य के हो त? प्राध्यापक डम्बर चेम्जोङ जुन कुरा सुनाउँदा समाजका बहुसंख्यक मानिस आकर्षित हुन्छन् त्यहीअनुकूल तथ्यलाई तोडमोड गरेर भाषणबाजी गर्ने प्रवृत्ति ओलीमा...
सरकारले विभिन्न २० देशमा रिक्त रहेका दूतावासमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट राजदूत नियुक्तिका...
जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले आफ्नो दलले एक्लै चुनाव लड्ने बताएका छन्। आगामी स्थानीय तहको चुनावमा कुनै पनि पार्टीसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने उनले बताएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले सत्तारूढ दलहरुबीच स्थानीय तहको आसन्न चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गरेका छन्।
नेपाली कांग्रेस चितवनका नेताहरूको टोलीले कांग्रेसका केन्द्रीय नेतासँग भेटघाट गरेको छ। आगामी स्थानीय निर्वाचनमा भरतपुरको मेयर पद नेकपा माओवादी केन्द्रलाई छाड्न नसकिने भएकाले त्यसमा शीर्ष तहमा दबाब दिनका लागि उनीहरू...
नवनियुक्त कानुनमन्त्री गोविन्द बन्दीले कानुन संशोधन गरेर संक्रमणकालीन न्यायका काम अघि बढाउने बताएका छन्। गोविन्दप्रसाद शर्मा कोइरालाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (गोविन्द बन्दी)ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीलाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा समावेश गरिएको प्रष्टीकरण दिएका छन्।