मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेका प्रदेश सांसद चढेको सरकारी गाडी स्थानीयले लिए नियन्त्रणमा

एमालेका प्रदेश सांसद चढेको सरकारी गाडी स्थानीयले लिए नियन्त्रणमा

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले चढ्दै आएको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिएका छन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९
National life
Shivam cement

धनगढी- नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले चढ्दै आएको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिएका छन्।

उनी चढ्दै आएको सरकारी गाडीमा पार्टीको झन्डा टाँगिएको देखेपछि स्थानीयले शनिबार राति करिब ९ बजेतिर नियन्त्रणमा लिएका हुन्। निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै प्रदेश सांसद चौधरी सवार से१झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको बताएका छन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: May 08, 2022| 06:37 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...